बोस्निया एन्ड हर्जगोभिना माथि स्विट्जरल्यान्डको सहज जित
arthasansar.com

फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे । यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे ।
खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको दिशा नै परिवर्तन भएको थियो । ब्रिल एम्बोलोलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्न पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)
फिफा