मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु

nagariknews.nagariknetwork.com · Tue May 26 06:02:52 GMT 2026

रौतहटमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ठाडाटोलका ३० वर्षीय बिष्णु सुबेदीको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दिएको जानकारी अनुसार सोमबार राति बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ६ भवाराटोल घर भइ हाल चन्द्रपुर ४ मा बस्ने ३८ वर्षीय बिमल मोक्तानको कुटपिटबाट सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ।

मोक्तानको कुटाइबाट घाइते भएका सुबेदीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुको टोलीले बिमल मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको र मृतक सुवेदीको सब अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)