सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
ratopati.com · Fri Jun 19 01:40:27 GMT 2026

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् । घरायसी कामकाजमा मात्रै सीमित देखिने महिला नयाँ सीप सिक्दै उद्यमी बन्ने सपना बनाइरहेका छन् ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक उद्यम विकास तालिमले मनहरीका महिलामा आत्मविश्वास र आशाको नयाँ सञ्चार गरेको हो । म्याग्दे–४ को सहजीकरणमा सञ्चालित तालिममा ३५ जना महिला सहभागी छन् । तालिममा सहभागीले आफ्नो भविष्यको आर्थिक आधार निर्माण गर्दै आत्मनिर्भर बन्ने तयारीमा जुटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)