काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ३८ यात्रु घाइते
kalakarmi.com · Tue May 26 05:50:27 GMT 2026

काठमाडौं- काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस मंगलवार विहान दुर्घटना भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा बस दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि ३८ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनापछि स्थानीय, प्रहरी र उद्धार टोलीले घाइते यात्रुको तत्काल उद्धार गरेका थिए । प्रारम्भिक उपचारपछि ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ