पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
ratopati.com · Fri Jun 19 01:51:23 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको प्रतिस्पर्धा पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा रहेको छ।
ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। पहिलो हाफको अन्त्यतिर दक्षिण कोरियाले खेलमा आफ्नो पकड बलियो बनाउँदै मेक्सिकोमाथि लगातार दबाब सिर्जना गरेको थियो।
४२औँ मिनेटमा दक्षिण कोरियाका यङ–वु सियोलले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार लक्ष्यभन्दा धेरै बाहिरिएको थियो। त्यसपछि पनि दक्षिण कोरियाले बलमा नियन्त्रण कायम राखे पनि अग्रता लिन सफल भएन।
घरेलु समर्थकहरूले भने पहिलो हाफको सुस्त खेलप्रति असन्तुष्टि जनाइरहेका छन्। मेक्सिकोले अपेक्षाअनुसार आक्रमण निर्माण गर्न नसक्दा समर्थकमाझ निराशा देखिएको छ।
समूह ‘ए’ मा दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा