डेढ महिनापछि टरिगाउँ विमानस्थलमा पुनः हवाई सेवा सुरु
nepalnews.com · Fri Sep 11 01:05:21 GMT 2026

तुलसीपुर। दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार काठमाडौँबाट नेपाल एयरलाइन्सको १९ सिटे जहाजले उडान भरेको हो। सो उडानमार्फत काठमाडौँबाट आठ जना र दाङबाट चार जना यात्रुले सेवा लिएका छन्।
मौसमका कारण लामो समयदेखि अनियमित रहेको दाङ-काठमाडौँ हवाई सेवा अब नियमित हुने वरिष्ठ अधिकृत भुसालले बताए। उनका अनुसार अब हप्ताको आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा सञ्चालन हुनेछ। हाल हवाई भाडा रु १२ हजार तोकिएको छ भने सेवा बिहान ९:०० देखि ११:०० बजेको बीचमा उपलब्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)