मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ किलोभन्दा बढी अफिमसहित बर्दियाबाट तीन जना पक्राउ

shilapatra.com · Fri Jun 19 01:58:00 GMT 2026

बर्दियाकाे गुलरिया नगरपालिका–८ बाट अफिम कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ किलो ९२६ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका–४ का ४६ वर्षीय यनबहादुर रावत, सोही स्थानका ४२ वर्षीय लोकेन्द्रबहादुर रोकाय तथा रोल्पा गंगादेवी गाउँपालिका–६ का ४८ वर्षीय केश सिंह केसी रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)