तनहुँमा हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
nepalnews.com · Fri Jun 19 02:04:55 GMT 2026

तनहुँ। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–१२ ले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका ३९ जना किसानलाई प्रतिहल गोरु रु पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको हो।
शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्तर्गत वडा नं १२ का किसानलाई बिहीबार नगद प्रोत्साहन वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)