कतारको पोस्टमा क्यानडाको ६ गोल
rajdhanidaily.com · Fri Jun 19 02:02:51 GMT 2026

सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा कतारविरुद्ध फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारको पोस्टमा ६ गोल हान्यो ।
क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले १-१ गोल गर्दा एक गोल उपहार पायो । खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित छ । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।
५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसको फाइदा क्यानडाले उठायो । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्याए ।
खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५-० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-० को फराकिलो जित दर्ता गर्यो ।
यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।
सम्बन्धित समाचार
‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि खेल संघहरू ऐक्यवद्धता
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
आजबाट सुरु हुँदै फुटबल महाकुम्भ (नेपाली समयअनुसार खेल तालिकासहित)
दक्षिण कोरियाको चेक रिपब्लिकमाथि सानदार पुनरागमन
कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
ग्रीनसिटीमा ओलम्पिकस्तरको स्वीमिङ पुल असोजभित्र निर्माण सम्पन्न हुने
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार विजय सुरुवात
५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोले रच्यो इतिहास
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
टी-२० विश्वकप
फिफा