नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल गर्न महासंघको आग्रह
corporatenepal.com · Fri Jun 19 02:04:48 GMT 2026

काठमाडौं । नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध तथा जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले परराष्ट्रमन्त्री शिशिर खनालसँग कूटनीतिक पहलको माग गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिए। उनले समस्याको व्यवहारिक समाधान खोज्न दुवै देशका सम्बन्धित निकायबीच छलफल अघि बढिसकेको र निकट भविष्यमा सकारात्मक निष्कर्ष निस्कने अपेक्षा गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)