भन्सार मूल्यांकन प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्य समावेश
baahrakhari.com · Tue May 26 06:48:52 GMT 2026

काठमाडौं । भन्सार विभागले भन्सार मूल्यांकन डाटाबेस प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्य समेत हेर्न मिल्ने गरी विकास गरिएको नयाँ प्रणालीको औपचारिक सुरुआत गरेको छ । यसबाट पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारण गर्न भन्सार प्रशासनलाई प्रत्यक्ष सहयोग पुग्ने विभागले जनाएको छ ।
सोमबार (जेठ ११) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरु भएको घोषणा गरे । यो नयाँ प्रणालीको कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)