डेढ महिनापछि दाङको टरिगाउँ विमानस्थलमा निगमको जहाज
clickmandu.com · Fri Sep 11 01:26:51 GMT 2026

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।
मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुसालको भनाइ छ । ‘समले सेवा अनियमित थियो, अब नियमित हुन्छ’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)