मनासलु आरोहणमा बढ्यो आकर्षण
gorkhapatraonline.com · Fri Sep 11 01:33:35 GMT 2026
सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवा, लामटाङ र भोटेकोशीआसपासको उत्तरी भेगतर्फको पर्यटन क्षेत्रमा असर पुगे पनि शरद् ऋतुमा हुने आरोहणतर्फ भने उत्साह देखिएको हो ।
पर्यटन विभागका अनुसार गत वर्षको शरद् ऋतुमा मनासलु आरोहण गर्न ३१ समूहका २७९ पुरुष र ९५ महिला गरी ३७४ आरोहीले आरोहण अनुमति लिएकामा यस वर्ष बिहीबारसम्म ४२२ जनाले अनुमति लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)