जनकपुर न्युरो अस्पतालमा बालकको मृत्यु भएपछि तनाव
ratopati.com · Thu Nov 23 23:03:00 GMT 2023
जनकपुरधाम । जनकपुर न्युरो हस्पिटलमा पुनः एक बालकको मृत्यु भएको छ । धनुषा धाम नगरपालिका ६ माल टोल बस्ने विक्रम कालिकोटेका चार वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलको लापरबाहीले गर्दा बालकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।
बुधवार राति साढे ९ बजे भर्ना गरेका बालकको बिहीबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको बालकका मामा सुनिल परियारले बताए । उनका अनुसार हस्पिटलले डिस्चार्ज गरेको ८ मिनेटपछि बालकको मृत्यु भएको हो । बालकलाई हस्पिटलले ११ बजेर २ मिनेटमा डिस्चार्ज गरेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)