विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
ratopati.com · Fri Jun 19 02:21:43 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती चरणमै सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) को दौड निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका स्टार स्ट्राइकर जोनाथन डेभिड अहिले संयुक्त रूपमा गोल्डेन बुट तालिकाको शीर्ष स्थानमा रहेका छन् ।
शुक्रबार कतार विरुद्धको खेलमा क्यानाडाले ६–० को कीर्तिमानी जित निकाल्ने क्रममा जोनाथन डेभिडले सानदार ह्याट्रिक पूरा गरे । यो जारी विश्वकप २०२६ को दोस्रो ह्याट्रिक हो भने विश्वकप इतिहासमा ५६औं । कतारको रक्षापंक्तिलाई निरिह तुल्याउँदै डेभिडले गरेको यो प्रदर्शनले क्यानाडालाई विश्वकप इतिहासकै एक ठुलो जित दिलाउन सफल भएको छ ।
मेसीको ऐतिहासिक सुरुआत
यसअघि अर्जेन्टिनाका लियोनल मेसीले अल्जेरिया विरुद्धको खेलमा ऐतिहासिक ह्याट्रिक प्रहार गर्दै जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । अहिले मेसी र डेभिड दुवै समान गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेका छन् ।
हालसम्म २–२ गोल गर्ने खेलाडीहरू
जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड) – २ गोल
एर्लिङ हालान्ड (नर्वे) – २ गोल
ह्यारी केन (इङ्ग्ल्यान्ड) – २ गोल
काइल लारिन (क्यानडा) – २ गोल
फ्लोरिन बालोगुन (अमेरिका) – २ गोल
यासिन अयारी (स्विडेन) – २ गोल
काइ हाभर्ट्ज (जर्मनी) – २ गोल
इलाइजा जस्ट (न्युजिल्यान्ड) – २ गोल
किलियन एम्बाप्पे (फ्रान्स) – २ गोल
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
गोल्डेन बुट
फिफा