गाउँका घरमा ताला
rajdhanidaily.com · Fri Dec 15 23:33:25 GMT 2023
बझाङ । खप्तडछान्ना गाउँपालिका–३ धडाका सेरु सार्कीको घरमा ताला लागेको २२ वर्ष भयो । घर’round झार उम्रिएर गुजुमुज्ज भएको छ । घरको छाना भत्किन थालेको छ । उनी गाउँ छोडेर भारत रोजगारीमा गएको २२ वर्ष नै भइसक्यो । सुरुमा छोराछोरीको लालनपालन गर्ने भन्दै एक्लै भारत छिरेका सेरुले दुई–तीन वर्ष भारतमै रोजगारी गरे ।
त्यसपछि फर्किएर दुई छोरा, बुहारी, छोरी, श्रीमतीसहित ७ जनाको परिवार सँगै लिएर घरमा ताला लगाएर भारत पसेपछि उनीहरू घर फर्केका छैनन् । उनले छोरीको विवाह भारतकै नागरिकसँग गरिदिए । अहिले भारतमै रोजगारी गर्दै घरजम गरेर बसेका छन् । त्यस्तै, सोही गाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको पनि ६ वर्ष भयो । उनको घर रेखदेख गर्ने कोही छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)