बाढीग्रस्त नुवाकोटमा चिनियाँ राजदूत
annapurnapost.com · Fri Sep 11 01:36:58 GMT 2026

नुवाकोट : बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन गरेका छन्। बाढी गएको १६ दिनपछि बिहीबार नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नुवाकोटका बाढीग्रस्त स्थानहरूको स्थलगत अवलोकन, निरीक्षण तथा भ्रमण गरेका हुन्।
राजदूत माओमिङले आफ्ना अधिकारीहरूसहित नुवाकोटको बाढीग्रस्त विदुर नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। माओमिङले भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले क्षति पुर्याएका नुवाकोटका ढुंगे, त्रिशूली, शुभघाट, भैंसेलगायतका स्थानहरूको अवलोकन भ्रमण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)