सरकारलाई सांसद राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?
nagariknews.nagariknetwork.com · Tue May 26 07:06:03 GMT 2026

श्रम संस्कृति पार्टीले सरकारसँग जीबी राई कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेको छ। प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सो पार्टीका सांसद आरेन राईले सरकारलाई प्रश्न गरेका हुन्।
उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुकुम्बासी र अव्यवस्थित बसोवासीको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जीबी राई कहिले पक्राउ हुन्छ सरकार ? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ सरकार?’
साथै उनले सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्ने माग पनि गरेका छन्। तर त्यो पैसा जनताको करबाट दिन नहुने उनको भनाइ रहेको छ।
उनले थप प्रश्न गर्दै भने, ‘के सरकारले सहकारी, बैंक, अन्य व्यवसायले डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार?’
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)