लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
ratopati.com · Tue Dec 24 17:44:00 GMT 2024

विराटनगर । मोरङ धनपालथान-३ स्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा फरार सूचीमा रहेकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला घरमै रहेको प्रतिक्रिया आएको छ ।
लेखा समिति सभापति पोखरेलले मंगलबार दिएको एउटा अन्तर्वार्तामा आफ्नी श्रीमती घरमै रहेको बताएका छन् । तपाईंको श्रीमती अहिले कहाँ हुनुहुन्छ भन्ने प्रश्नमा पोखरेलले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘तपाईंको श्रीमती चाहिँ कहाँ हुनुहुन्छ ? जवाफमा पत्रकारले मेरो श्रीमती घरमै हुनुहुन्छ भनेपछि पोखरेलले पनि मेरो पनि त्यही हो, कहाँ जानू जङ्गलमा जाने कुरा भएन, भनेका छन् । र, अब सोझै अदालतमा उपस्थित हुने पनि उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)