शिक्षक अपमान र मानसिक पीडासँग भित्रभित्रै लडिरहेका छन् : क्रान्तिशिखा धिताल
shilapatra.com · Tue May 26 07:12:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नुपर्ने माग राखेकी छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा धितालले शिक्षकहरू अपमानको पीडासँग भित्रभित्रै लडिरहेको बताउँदै उनीहरूलाई के चाहिन्छ यो सरकारले सोध्नुपर्ने बताएकी हुन् ।
‘सभामुख महोदय, जुन देशमा शिक्षकको सम्मान हुँदैन, त्यो देश कसरी चेतनशील र समृद्ध बन्ला ? योग्यता, क्षमता सबै भरपुर हुँदाहुँदै पनि आफ्नो पेसाले सम्मानजक जीवन नदिँदा शिक्षकहरू भित्रभित्रै अपमान, निराशा र मानसिक पीडासँग लडिरहेका छन्’, उनले भनिन्, ‘समाजले शिक्षकसँग सधैँ आफूलाई चाहिने कुरा मात्रै माग्यो, तर शिक्षकलाई के चाहिन्छ भनेर कहिल्यै सोधेन । अब शिक्षकलाई के चाहिन्छ तपाईं हामी सोधौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)