भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
ratopati.com · Tue Dec 24 18:48:00 GMT 2024

काठमाडौं । पुरातत्व विभागले विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम घर (आगम छेँ) पुनःनिर्माण गर्ने भएको छ । हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सीप र शैलीमा पुनःनिर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि पुनःनिर्माण अघि बढेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।
२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले वसन्तपुर क्षेत्रका ५८ सम्पदामा क्षति भएको थियो । भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही पुनःनिर्माणको चरणमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)