मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले जनार्दनलाई झुकाए कि झुक्याए ?

barnanmedia.com · Tue Jan 07 22:45:21 GMT 2025

माओवादी नेतृत्वबाट प्रचण्डलाई विस्थापित गर्ने भनेर फरक मतको अस्त्र फ्याँकेका जनार्दन शर्मा अन्ततः प्रचण्डकै नेतृत्व स्वीकार गरेर जयजयकार गर्न पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच साउनदेखि जारी अन्तरसंघर्ष बिनाकुनै ठोस सहमति वा उपलब्धिबिना सम्झौतामा टुंगिएपछि परिवर्तनका आकांक्षी धेरै नेता–कार्यकर्ताले आश्चर्य प्रकट गरिरहेका छन् ।

प्रचण्ड पक्षधर नेताहरुले भने मंगलबार सकिएको केन्द्रीय समिति बैठकबाट विजयोत्सव मनाएका छन् । उनीहरुले एकताको नयाँ सन्देश दिएको र अध्यक्ष प्रचण्डले उपमाहसचिव शर्माले उठाइरहेका केही मागलाई राजनीतिक प्रतिवेदनमै समेटेको दाबी गरेका छन्। बाँकी माग पनि महाधिवेशनमा लगेर पूरा गर्ने प्रतिबद्धता जनाएपछि गत साउनदेखिको विवाद कम्तीमा असारसम्मको लागि साम्य भएको उनीहरुको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)