मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् निर्णय: सशस्त्र प्रहरीका चार डिआइजीको पदावधि एक वर्ष थप

deshsanchar.com · Tue Jan 07 22:52:37 GMT 2025

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)