सिंहदरबार कमान्ड सेन्टर बनेपछि पूर्वमुख्यसचिवको प्रशंसा: ‘विगतमा हामीले भन्थ्यौं, बालेनले गरेर देखाए
barnanmedia.com · Tue May 26 07:12:30 GMT 2026

सिंहदरबारलाई नै ‘कमान्ड सेन्टर’ बनाएर काम गरिरहेको प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पूर्वमुख्यसचिवले प्रशंसा गरेका छन्। उनका अनुसार विगतका प्रधानमन्त्रीहरू बालुवाटारबाटै शासन चलाउन रुचाउने गर्थे भने अहिले प्रधानमन्त्री आफैँ नियमित रूपमा सिंहदरबारमा उपस्थित भएर मुख्य काममा केन्द्रित भइरहेका छन्।
पूर्वमुख्यसचिवका अनुसार सफल नेतृत्वले ‘कोर’ र ‘नन–कोर’ काम छुट्याउन सक्नुपर्छ, र बालेन शाहले त्यही अभ्यास गरिरहेका छन्। उनी भन्छन्, विगतमा प्रधानमन्त्रीहरू उद्घाटन, कार्यकर्ता भेटघाटजस्ता सहायक काममा अल्झिन्थे, तर अहिले नीतिगत छलफल, कूटनीतिक सम्बन्ध र कर्मचारीतन्त्र परिचालनजस्ता मुख्य काममा प्राथमिकता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह