स्थानीय कृषिउपज र पर्यटन प्रवर्द्धनका लागि तनहुँ महोत्सव
barnanmedia.com · Tue Jan 07 23:22:59 GMT 2025

काठमाडौँ, २४ पुसः ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सहआयोजनामा यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म व्यास नगरपालिका–३ बिपी वनबाटिकामा नवौँ तनहुँ महोत्सव गरिने भएको हो ।
महोत्सवमा कृषिउपज प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायत समस्याले गर्दा जमिन बाँझिनेक्रम बढेकाले पेसा संरक्षण गर्न कृषिलाई पहिलो प्राथमिकता दिइएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)