मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कतारी रियाल एकको ३७ रुपैयाँ ५४ पैसा, अन्य मुद्राकाे भाउ कति ?

ajakoartha.com · Wed Jan 08 00:02:00 GMT 2025

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६० पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५३ पैसा र बिक्रीदर १०० रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)