पोखरा बसपार्क र सभागृह निर्माण थालिने
gorkhapatraonline.com · Fri Jun 19 03:01:25 GMT 2026

पोखरा महानगरपालिकाले पछिल्ला चार वर्षको कार्यप्रगति समीक्षा गर्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले बिहीबार १९ औँ नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
महानगरले आगामी वर्ष पोखरा बसपार्क र पोखरा सभागृहको निर्माण थाल्ने भएको छ । २०४४ सालमा जनस्तरबाटै बनाइएको सभागृह चार दशकपछि मर्मत गरी सुविधासम्पन्न बनाउन लागिएको हो । अहिले २९ करोड रुपियाँको लागतमा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको पुनर्निर्माण हुन लागेको हो । नगर विकासको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा पुनर्निर्माण गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)