मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेखा समिति सभापति ऋषिकेषलाई हटाऊ, सहकारी छानबिनमा तान

barnanmedia.com · Tue Dec 24 21:34:48 GMT 2024

एमाले नेता एवं संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको भूमिका संकास्पद देखिएको छ। मोरङबाट निर्वाचित एमाले सांसद पदीय मर्यादाविपरीत लाग्न थालेपछि उनीमाथि पनि छानबिन गर्नुपर्ने देखिन्छ।

पोखरेलकै सक्रियतामा खोलिएको मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा २६ जनाविरुद्ध मुद्दा छ। पोखरेलकी पत्नी अञ्जला कोइराला पनि प्रतिवादी छन्। शिक्षिका रहेकी कोइराला सहकारीको पूर्वसञ्चालक सदस्य हुन्। सांसद पत्नीविरुद्ध मुद्दा चलेपछि पोखरेल आफैँले समिति छाड्नुपर्ने हो। तर, पोखरेल झन चलखेलमा लागेका छन्। अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनले पत्नीलाई लुकाएर राखेका छन्। अदालति प्रक्रियालाई चुनौती दिइरहेका छन्। किनकी पोखरेल एमाले नेता हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। कांग्रेस नेता रमेश लेखक गृहमन्त्री छन्। गृह प्रशासनको छायामा मोरङ प्रहरीले अञ्जला, सहकारीका अध्यक्ष सम्भुप्रसाद रौनियारसहित १६ विरुद्ध पक्राउ पुर्जी लिएको थिएन। अञ्जलाको बयानसमेत नलिएर प्रहरीले मुद्दा चलाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)