मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्वाड पुनर्जीवनमा रुबियोको जोड

gorkhapatraonline.com · Tue May 26 07:32:19 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतमा भएको उच्चस्तरीय बैठकमार्फत अस्ट्रेलिया, भारत र जापानसँगको सुरक्षा तथा रणनीतिक सहकार्य समूह ‘क्वाड’ लाई पुनः सक्रिय र प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ ।

चीनले सन्देहपूर्ण दृष्टिले हेर्ने यस समूहलाई नयाँ सन्दर्भमा अझ सुदृढ बनाउने अमेरिकी प्रयासबिच उहाँले सहयोगलाई ‘फोरमबाट कार्यमुखी साझेदारी’ तर्फ लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको हो । यो बैठक अमेरिकाले इरानसँग सम्बन्धित नीति र अमेरिकी प्रतिबद्धताबारे अन्तर्राष्ट्रिय स्तरमा उठिरहेका प्रश्नबिच भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय