मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीका चार डिआइजीको म्याद थप्ने तयारी

barnanmedia.com · Tue Dec 24 21:58:54 GMT 2024

सशस्त्र प्रहरीका चार डिआइजीहरूको एक वर्ष म्याद थप्ने प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत साता नै गृह मन्त्रालयमा म्याद थपको प्रस्ताव लगेका थिए । अहिले सो प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ । सशस्त्र प्रहरीका डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको म्याद थप लागि मन्त्रिपरिषदमा प्रस्ताव गएको हो । आउदो मन्त्रिपरिषदबाट उनीहरूको म्याद एक वर्ष थपिने बताइएको छ ।

उनीहरूमध्ये सुवेदी आइजीपी राजु अर्यालका ब्याची भएकाले एक वर्षभित्रै घर जाने छन् भने त्यसमध्येका गिरी, ठाडामगर र नेम्वाङ भने संगठन प्रमुखको रुपमा दावेदार हुनेछन् । उनीहरू राजनीतिक शक्तिमा कमजोर छैनन । यसपल्ट म्याद थप्न भने गिरीभन्दा ठाडामगर अलि बढी नै दौडधुप गरिरहेका थिए । उनी मकवानपुरमा भए पनि काठमाडौं आउजाउ बाक्लो थियो । गिरी भने चुपचाप नै बसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)