कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?
ratopati.com · Mon Jan 08 00:25:00 GMT 2024
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार चयन रहेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भजाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)