प्रहरीलाई आइजीको कडा चेतावनी
barnanmedia.com · Tue Dec 24 22:03:19 GMT 2024

नेपाल प्रहरीको एसएसपी बढुवामा चरम राजनीति भैरहेको छ ।
एसएसपीको बढुवा तयारी भैरहेका बेला त्यसलाई रोकेर गृहमन्त्री रमेश लेखक एआइजीको भीड जम्मा गर्न लागेका छन् । २०५१ र ०५२ का प्रहरी निरीक्षक सबैलाई एआइजी बनाएर पठाउने अभियान नै सञ्चालन गरिएको छ ।एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टर लगायत माथिल्लो तहमा करिब २ सय हाराहारीको बढुवा रोकेर गृहमन्त्री दुईदिने एआइजी बढुवा गर्न फाइल च्यापेर मन्त्रिपरिषद पुग्ने गरेका छन् । सानो संख्यालाई बढुवा गरेर केही सीमित व्यक्तिहरू खुशी पार्न लागेका गृहमन्त्रीले ठुलो संख्याको वृत्ति विकासमा बाध उत्पन्न गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)