मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकनिक खान गएका एक युवकको मृत्यु

barnanmedia.com · Tue Dec 24 22:08:57 GMT 2024

कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मंगलबार दिउँसो भीमदत्त नगरको चुरे क्षेत्र खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। विष्टसँगै उनकै आफन्त ३ जना पनि पिकनिक गएका थिए। प्रहरीका अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर विष्टको मृत्यु भएको प्रारम्भिक जानकारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)