'निजामती सेवा सञ्चालनसम्बन्धी विधेयक छिट्टै पारित हुन्छ'
gorkhapatraonline.com · Tue Oct 22 17:08:09 UTC 2024

काठमाडौँ, कात्तिक ६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताउनुभएको छ ।
मन्त्री गुप्ताले पदबहाली गरेको एकसय दिनका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा २५ बुँदे उपलब्धि सार्वजनिक गर्दै उहाँले उक्त विधेयक आगामी अधिवेशनबाट स्वीकृत हुनेगरी छलफललाई तीव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक तथा अनौपचारिक संवादलाई अगाडि बढाइएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)