प्रदीप, राजवीर र प्रणव विजयी
baahrakhari.com · Tue Oct 22 17:19:46 UTC 2024
काठमाडौं । प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार जित हात पारेका छन् ।
ह्याट्रिक उपाधि जित्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप दोस्रो र तेस्रो संस्करणका उपाधि विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई ६–०, ६–२ तथा प्रणवले विपुलविभोर अधिकारीलाई ६–०, ६–० को सोझो सेटमा हराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)