दिल्लीमा पुष्टिः जयशंकरले पाएका छन् नेपाल भ्रमणको निम्तो
barnanmedia.com · Tue May 12 22:18:48 GMT 2026

नेपालले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको निम्ता पठाएको छ। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार गत चैत २७ गते मोरिसस भ्रमणमा रहँदा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्।
भारतको विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता रणधीर जैशवालले निम्ताको पुष्टि गरेका हुन्। दुई देशबीच कुटनीतिक च्यानलमार्फत् आपसी सहजतामा भ्रमणको मिति तय गरिने उनले जानकारी दिए। मोरिससको वार्तामा द्विपक्षीय हित, आर्थिक सहकार्य र कनेक्टिभिटीका विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)