मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना

barnanmedia.com · Tue Dec 24 22:53:25 GMT 2024

काठमाडौँ, १० पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)