मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

barnanmedia.com · Tue May 26 07:36:28 GMT 2026

भक्तपुरमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-९ भाटेढिकुरमा जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००४ क १२४१ नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

करिब ५५ वर्षीय मृतकको अझै नाम, थर र वतन खुलेको छैन।

मंगलबार बिहान टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)