दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको विजयी
barnanmedia.com · Fri Jun 19 03:07:43 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको विजयी भएको छ।
विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिकोले ग्वाडालजारा स्टेडियममा भएको खेलमा दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दुवै टोलीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयो गर्न सकेका थिएनन्।
दुबै टोलीले यसअघि आफ्नो पहिलो खेल जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा