सिद्धार्थ क्यापिटलले ३० प्रतिशत नगद लाभांश दिने
aarthiknews.com

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशको कुल रकम ६ करोड रुपैयाँ रहेको छ।
लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते १५औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा अपराह्न ५ बजे बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)