आगामी वर्ष विश्व आर्थिक वृद्धि केही सुस्त हुने आइएमएफको पूर्वानुमान
ratopati.com · Tue Oct 22 19:15:00 UTC 2024

वासिङ्टन । यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मंगलबार घोषणा गरेको छ ।
साथै कोषले स्थिर आँकडाहरूले क्षेत्रीय र क्षेत्रगत ‘महत्त्वपूर्ण’ परिवर्तनहरूलाई लुकाएको चेतावनी दिएको छ । आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्लुइओ) प्रतिवेदनमा कोषले विश्वव्यापी मुद्रास्फीति घट्दै गई यस वर्ष पाँच दशमलव आठ प्रतिशत हुने र सन् २०२५ मा चार दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)