के रणवीर सिंहलाई अब बलिउडबाट ब्यान गर्ने निश्चित नै हो त?
kalakarmi.com · Tue May 26 07:53:14 GMT 2026
मुम्बई- बलिउड अभिनेता रणवीर सिंह अहिले ठूलो विवादमा परेका छन्। फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएको आरोपपछि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफ डब्लु आइ सीई) ले उनीविरुद्ध ‘असहयोग निर्देशन’ जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एफ डब्लु आइ सीईको यो निर्णयपछि संघसँग आबद्ध हजारौँ प्राविधिक, कर्मचारी र फिल्मकर्मीहरूले रणवीरसँग सहकार्य नगर्ने बताइएको छ। यसले उनको आगामी फिल्म र निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट रणवीर अचानक बाहिरिएपछि यस विवाद सुरु भएको हो। रिपोर्टअनुसार फिल्मको तयारी लामो समयदेखि भइरहेको थियो र सुटिङ सुरु हुने चरणमा पुगेको थियो। रणवीरको निर्णयका कारण निर्माण पक्षलाई ठूलो आर्थिक नोक्सानी पुगेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)