बागमतीले गणतन्त्र दिवस २०८३’ तीन दिन मनाउने
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीनदिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)