मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

ratopati.com · Tue Oct 22 20:15:00 UTC 2024

नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएका छन् ।

अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए । द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उनले भने, 'एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)