मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सधैँ सडकमा बित्छ घरवारविहीनहरुको रात

ratopati.com · Tue Oct 22 20:47:00 UTC 2024

काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन् ।

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अँध्यारो खोज्न सुरसार गर्दै थिए तामाङ । बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउनु छ । 'चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो,' उनी भन्छन्, 'घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)