मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जावले हैदरावादलाई १३ रनले हरायो

nepalipatra.com · Sun Apr 23 05:23:11 GMT 2023

एजेन्सी । आईपीएल २०२३ को ३१ औं खेलमा पञ्जाव किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा पञ्जाबले २० ओभरमा आठ विकेट गुमाएर २१४ रन बनाएको थियो । हरप्रित सिंह भाटियाले २८ बलमा ४१ रन र कप्तान साम करनले २९ बलमा ५५ रन बनाए ।

जवाफमा मुम्बईको टोलीले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो । क्यामरन ग्रीनले ४३ बलमा ६७ रन, सूर्यकुमार यादवले २६ बलमा ५७ रन र कप्तान रोहित शर्माले २७ बलमा ४४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)