मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउटमा

nepalnews.com · Fri Jun 19 03:34:52 GMT 2026

काठमाडौँ। फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ।

मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण कोरियालाई हराएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा मेक्सिकोले एक गोल गरेको थियो। मेक्सिकोको जितमा लुइस रोमोले गरेको ५० औं मिनेटको गोल नै निर्णायक भयो।

समूह ए बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा पराजित टोली दक्षिण कोरियासँग ३ अंक रहेको छ। दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय