सहआयोजक मेक्सिको नकआउट चरणमा
rajdhanidaily.com · Fri Jun 19 03:43:17 GMT 2026
सहआयोजक मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
मध्यान्तर अघि गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोलाई जीत दिलाउन लुइस रोमोले ५० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दक्षिण कोरियाका गोलकिपर जो हायोन हुले हातको पञ्जाभित्र परेको बल फुत्केपछि मेक्सिकोका लुइस रोमोले गोल गर्ने अवसर पाए ।
दक्षिण कोरियाका लागि नकआउट चरण प्रवेशको सम्भावना जटिल बनेको छ । अब उसले अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नुपर्नेछ । उक्त खेल दक्षिण कोरियाले जित्नैपर्ने दबाब रहन्छ ।
समूह चरणको बाँकी दुई टोली चेसिया र दक्षिण अफ्रिकाले पनि समान २–२ खेल खेलिसकेका छन् । उनीहरुको समान १–१ अंक छ । बाँकी रहेको एक खेलमा मेक्सिको पराजित भए पनि उसको शीर्ष स्थान डगमगाउने छैन ।
अब समूहको दोस्रो टोलीको रुपमा अर्को चरणमा पुग्न दक्षिण कोरिया, चेसिया र दक्षिण अफ्रिकाबीच अन्तिम र कडा प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित समाचार
संघीय सरकारका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता अलमलमा : मुख्यमन्त्री कँडेल
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
फिफा विश्वकपः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई
नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो
आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध
विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल गोलरहित बराबरी
केप भार्डे, जसले विश्व चकित बनायो
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
फिफा