विश्वकप : मेक्सिको बन्यो नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली
corporatenepal.com · Fri Jun 19 03:34:08 GMT 2026

काठमाडौं । फिफा विश्वकप–२०२६ मा मेक्सिको नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। सहआयोजक राष्ट्र मेक्सिकोले समूह चरणको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावना सुनिश्चित गरेको हो ।
ग्वाडालजारा स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । त्यसपछि दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै मेक्सिकोले निर्णायक अग्रता बनायो ।खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै मेक्सिकोको जितको आधार बन्यो। दक्षिण कोरियाली रक्षापंक्तिलाई छक्याउँदै उनले गरेको प्रहार गोलमा परिणत भएपछि मेक्सिकोले महत्वपूर्ण तीन अंक हात पारेको हो ।
Advertisement
दुवै टोलीले आफ्नो पहिलो खेल जितेर दोस्रो खेलमा प्रवेश गरेका थिए। तर यस खेलमा मेक्सिकोले आफ्नो लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गर्यो। यससँगै मेक्सिकोको खातामा ६ अंक पुगेको छ र टोली नकआउट चरण नजिक पुगेको छ। अबको सबै खेल हार्दा पनि मेक्सिको शीर्ष दुईभित्र रहने भएकाले उसले नकआउट चरण निश्चित गरेको हो ।
दक्षिण कोरियाले बराबरी गोल फर्काउने प्रयास गरे पनि मेक्सिकोको सुदृढ रक्षापंक्तिलाई भेद्न नसक्दा हार बेहोर्न बाध्य भयो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
फिफा
काठमाडौँ