मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही

rajdhanidaily.com · Tue Oct 22 23:04:05 UTC 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले सातवटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासमा तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागबाट कारबाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंकलाई कारबाही गरिएको छ । यसैगरी, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई पनि कारबाही गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)